काठमाडौं :  पायल्स मलद्धारसँग सम्बन्धित रोग हो । मलद्धार भित्रको नशाहरु फुलिएर एवं बाँगोटिङगो भएर दिशा बस्दा मलद्धारबाट मासु बढने समस्यालाई पाइल्स भनिन्छ । पायल्स रोग धेरै मानिसहरूको समस्या भएको छ। लोकलाजका कारण धेरै मानिसहरूले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् ।

कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ। पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ। यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन।

पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो। पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने गर्दा पायल्स हुने गर्दछ । साथै, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ।

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो।

शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिदाँ पनि पायल्स हुने गर्दछ । महिलाहरु गर्भवती भएको बेलामा पेटको दबाब वृद्धि भएको अवस्थामा र बच्चा जन्मिएपछि ज्यादा मासु सेवनको कारणले पनी पाइल्स हुन्छ । त्यस्तै प्रोस्टेट ग्रन्थी वृद्धि कारण र मुत्र नली साँघुरो भएको कारणले पिसाव गर्दा कन्नु पर्ने अवस्थामा र पोर्टल उच्च रक्तचाबको कारणले पनि पाइल्स हुनसक्छ ।

पाइल्सको लक्ष्यणहरु :
–टवाइलेट बस्दा दिशामा रगत आउनु ।
–मलद्धारमा मासु पलाउनु ।
–मलद्वारबाट सिँगान जस्तो बग्नु।
–मलद्वारबाट पानी बग्ने गर्नुका साथै चिलाउने गर्नु पाइल्सका मुख्य लक्ष्यणहरु हुन् ।

पाइल्सको ४ ओटा अवस्थाहरु:
-पहिलो अवस्थामा दिशा बस्दा रगत आउँछ र केही असजिलो अनुभव हुन्छ ।
-दोश्रो अवस्थामा ट्वाइलेट बस्दा मासु बाहिर निस्कने र उठिसकेपछी आफै भित्र जान्छ ।
-तेश्रो अवस्थामा ट्वाइलेट बस्दा निस्किएको मासु हातले धकलेर भित्र पठाउनु पर्ने हुन्छ । यो अवस्थामा पानी बग्ने र चिलाउने पनि हुन सक्छ ।
-चौथो अवस्थामा बस्दाखेरी निस्कने मासु हातले धकलेर पनि पठाउन सकिदैन । यो अवस्थामा धेरै रगत बग्ने एवं दुख्ने हुन्छ ।

पायल्स भएकाले यी खानेकुराहरु खानुहोस् :
हरियो सागपात काँचै खाने गर्नु पर्दछ । साथै चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउनु पर्दछ ।फलफुलको सेवन पनि प्रशस्तै गर्ने । खाना खाँदा मुला, काँक्रो, गाँजर खाने । नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनियाँ, लौकाले पनि पायल्स रोगीहरूलाई निकै फाइदा पुर्याउँछ ।रेसादार खानाहरु धेरै मात्रामा खानु पर्दछ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने:
पायल्स रोग भएकाले कहिले पनि अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको खानेकुराहरु खानु हुँदैन । साथै माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलमा बन्द गरिएको खानेकुराहरु खानु हुँदैन । यस्तै, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग गर्नु हुँदैन । यसका साथै स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिनु पर्दछ । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।

पायल्स रोगका लागि घरेलु उपचार:
–एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा रगत तथा पिप आउने जस्ता समस्या ठीक हुन्छ।
–फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ।

–नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा आराम मिल्छ ।
–मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ।

–पाइल्सको सुरुवातको अवस्थामा एउटा भाँडामा तातोपानी र त्यसमा थोरै नुन राखेर मलद्वारलाई सेक्ने ।
– पायल्सको कारण मलद्वारमा दुख्ने, पोल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ ।

– बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ ।
यदि पायल्सको जटिल अवस्था भएमा चिकित्सकको सल्लाह लिनु पर्दछ ।

२०७९ बैशाख १२, सोमबार ००:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय