
गुल्मी : गुल्मीको मदाने गाउँपालिकामा कोरोना संक्रमण देखिएकाको परिवार र सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ। मदाने गाउँपालिका ६ का ४१ वर्षीय पुरुषमा सोमबार भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोराना भएको पाइएको थियो।
स्वास्थ्य कार्यालय गुल्मीबाट गएको टोलीले ३० जनाको स्वाब संकलन गरेको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए। संकलन गरिएको स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देही भैरहवामा परीक्षणका लागि पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए।
कोरोना भएको पुष्टि भएसँगै मदाने गाउँपालिकालाई सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म सिल गरिएको छ। योसँगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने गरिएकोे जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर संक्रमित यवकको उपचार भइरहेको अस्पतालले जनाएको छ।