काठमाडौं : कोलकाता नाइट राइडर्सका अलराउण्डर आन्द्रे रसेलले इन्डियन प्रिमियर लिग २०२२ मा धमाका मच्चाइरहेका छन् । आफ्नो धुवाँदार ब्याटिङका ​​लागि चर्चित आन्द्रे रसेल धेरै वर्षदेखि केकेआरबाट खेल्दै आएका छन् । यसैबीच उनकी श्रीमती जेसिम लोरा सामाजिक सञ्जालमा हेडलाइन बनिरहेकी छिन् ।

जेसिम लोराको इन्स्टाग्राममा धेरै फ्यान फलोइङ छन् । उनी लगातार आफ्ना हट तस्विर पोस्ट गरिरहेकी छिन्, जुन भाइरल भइरहन्छन् । हालै जेसिमले आफ्ना केही तस्बिर पोस्ट गरेकी छिन् जसले हेडलाइन बनिरहेको छ । जेसिमले कालो बिकिनी लगाएको तस्विर इन्स्टाग्राममा सेयर गरेकी छिन् । जसमा उनले आफ्नो फिगर फ्लान्ट गरिरहेकी छिन्, यो तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । जेसिम लोरा एक मोडल हुन्, जो ट्रेन्डमा रहन्छिन्।

जेसिम लोराले धेरै ठूला ब्रान्डका लागि मोडलिङ गरिसकेकी छिन्, उनले इन्स्टाग्राममा प्रमोशनल भिडियोहरू पनि पोस्ट गर्छिन्। हालै उनी इन्डियन प्रिमियर लिगको एक खेलमा पनि देखिएकी थिइन्, जहाँ उनी आफ्ना पतिलाई समर्थन गर्न पुगिन् । जेसिम लोराको जन्म फेब्रुअरी ११, १९८९ मा मियामीमा भएको थियो। जेसिमले १९ वर्षको उमेरमा मोडलिङ करियर सुरु गरेकी थिइन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा बढी फलोअर्स छन् ।

जेसिम लोरा आईपीएलमा लगातार देखिएकी छिन् । उनी बलिउड सुपरस्टार र केकेआरका मालिक शाहरुख खानकी फ्यान हुन्। जेसिम लोराको सोखमा यात्रा, किनमेल समावेश छ। आन्द्रे रसेल र जेसिम लोराको सन् २०१६ मा विवाह भएको थियो, दुवै सन् २०१९ मा एक छोरीको आमाबुवा पनि बनेका थिए ।

 

२०७९ बैशाख २६, सोमबार ०७:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर