एजेन्सी : तालिबानी लडाकुहरु यौन दासीहरु खोज्दै घरघर जाने र यस क्रममा लाशलाई समेत बलात्कार गर्ने एक अफगानी महिलाले बताएकी छिन् । अफगान पुलिस फोर्सकी पूर्व सदस्य समेत रहेकी यी महिलाले आफ्नो नाम मुस्कान भएको बताएकी छिन् तर त्योधन्दा धेरै पहिचान खुलाएकी छैनन् । उनका अनुसार तालिबानीहरुलाई बलात्कार गर्नको लागि कुनै व्यक्ति जिउँदो छ वा त्यो उसको लाश हो भन्ने कुराले कुनै फरक पर्दैन ।

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि आफू मारिने डरले मुस्कान अफगानिस्तानबाट भागेर भारत आएकी छिन् । उनले भारतीय समाचार आउटलेड न्युज १८ सँग कुरा गर्दै तालिबानीहरुले घर घर गएर परिवारबाट महिलाहरुलाई उठाउने वा गोली हानेर मारिदिने र मरिसकेपछि लाशलाई समेत बलात्कार गर्ने गरेको बताइन् । ‘हामी त्यहाँ हुँदा हामीलाई अनेकौं धम्की आउँथे’ उनले भनिन् ‘यदि तपाइँ काममा जानुभयो भने खतरामा पर्नुहुन्छ, तपाइँको परिवार खतरामा हुन्छ । एकपटक चेतावनी दिएपछि उनीहरुले फेरि चेतावनी दिँदैनन् ।’

‘उनीहरु लाशलाई पनि बलात्कार गर्छन् । मान्छे जिउँदो छ कि मरिसक्यो भन्ने कुराले तिनीहरुलाई कुनै फरक पर्दैन । के तपाइँ यो कल्पना गर्न सक्नुहुन्छ ?’ उनले भनिन् । तालिबानले अहिले महिलाहरुलाई इस्लामले दिएका अधिकार दिइने बताएको भए पनि तालिबानी शासनमा महिलाहरु र बालबालिकाहरु सबैभन्दा धेरै जोखिममा रहेको मानिएको छ । १९९६ देखि २००१ सम्म तालिबानी शासनकालमा उनीहरुले महिलाहरुलाई निकै कष्टकर जीवन बिताउन बाध्य पारेका थिए ।

यो रिपोर्ट हेर्नुहोस्


 

२०७८ भाद्र १०, बिहीबार ११:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय