काठमाडौं- धनकुटामा जिल्ला अस्पताल ४ जना कर्मचारीसहित ५ जनामा कोरोना संक्रमण भएको खुलेको छ ।

जिल्ला अस्पताल धनकुटाका अस्पताल प्रमुख डाक्टर पुजन विश्वकर्माका अनुसार अस्पतालका एकजना सुरक्षाकर्मी र ३ जना नर्स तथा हेल्थ असिस्टेन्ट रहेका छन् ।

यस्तै एकजना नर्सका पति समेत रहेको डा विश्वकर्माले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘हाम्रो अस्पतालमा ५ जना संक्रमित छन् । एकजना सुरक्षाकर्मी, ३ जना नर्स तथा स्वास्थ्यकर्मी र एक जना नर्सका श्रीमान रहेका छन् ।’

२०७७ जेष्ठ ७, बुधबार ०५:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय