
काठमाण्डौ : बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको छ ।
अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वका धेरै ठाउँमा आज दिनभर नै मौसम बद्ली भई पानी पर्ने सम्भावना छ । तर, चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
अहिले मध्य क्षेत्रको मौसम सामान्य बद्ली भए पनि रातिदेखि बिस्तारै मौसम खुल्ने जाने छ ।