काठमाडौं : सोमबार बूढानीलकण्ठ नगरपालिकामा भेटिएका कोरोना भाइरस संक्रमित पुरुष ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारि गरेको विज्ञप्ति अनुसार, सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि थिए ।

नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार, उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउँथे ।

‘हामीले पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका थियौं’ उनले भने, ‘उहाँहरुले डायलासिस गर्ने, सुत्केरीलगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आउनु भएको थियो ।’

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो ।

२०७७ जेष्ठ १२, सोमबार १४:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय