जनकपुरधाम । धनुषाको जटही नाकामा एक युवाको मृत्यु भएपछि आक्रोसित युवाहरुको हुल नारावाजी गर्दै नेपाल प्रवेश गरेको छ ।

बिहान करिब ३ बजे भारत प्रशासनले उनीहरुलाई जटही नाकामा छाडेर गएको जनाउँदै नाकामा करिब ५०० भन्दा बढीको भीड नारावाजी गर्दै नेपाल प्रवेश गरेको हो । लकडाउनका कारण भारतमा फसेका नेपालीलाई धनुषा प्रशासनले आफ्नो गृह जिल्ला ल्याउने क्रममा भोकले एक जनाको मृत्यु भएको बताइएको छ ।

धनुषा प्रशासनले धनुषाको जटही नाकाबाट धनुषावासीलाई आफ्नो जिल्ला ल्याउने क्रममा जटही नाकामा राखिएको क्वारेन्टाइन नजिकै एक नागरिकको भोकले मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलका अनुसार, मृतक धनुषाको शहीदनगर नगरपालिकाका युवक हुन् । पोखरेलका अनुसार, भारतबाट हिँडदै आएका उनी विगत ६ दिनदेखि खाना खान पाएका थिएनन् ।

जटही नाकामा सुरक्षाकर्मीले उनलाई खाना खुवाएका थिए। जसका कारण भारतबाट आएको भीड आक्रोसित भएको प्रशासनले जनाएको छ । उनीहरु सुरक्षा घेरा तोडेर जनकपुर तर्फ लागेका छन् ।

२०७७ जेष्ठ १४, बुधबार १५:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय