गुलरिया : राजापुर नगरपालिकाका कोरोना भाइरस संक्रमित तीन जनालाई स्थानीय आइसोलेशनमा राखेर उपचार गरिने भएको छ । नगरपालिकाले वडा नं ४ मा अमर शहीद दशरथ चन्द आधारभूत माविमा कोरोना भाइरस संक्रमितको उपचारका लागि निर्माण गरेको १२ शय्याको आइसोलेशनमा राखेर तिनलाई उपचार गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका एक र प्रदेश नंं ५ सरकारले पठाएको एक चिकित्सकसहितले संक्रमतिको उपचार गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका उपप्रमुख मनकला चौधरीले बताउनु भयो । राजापुर –९ बनियापुरका ३० वर्षीय पुरुष, ७ का ३४ वर्षीय पुरुष र ६ महुवाका २९ वर्षीय पुरुष संक्रमित छन् ।

संक्रमित सबै १२ दिनअघि भारतबाट आई सो माविको क्वारेन्टिनमा बसेका थिए । यसअघि राजापुर– ५ की ११ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण भएकामा बाँकेको खजुरामा उपचार भएर स्वस्थ्य भई भनी बुधबार उनी घर फर्किसकेकी छन् ।

२०७७ जेष्ठ १६, शुक्रबार ०९:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय