काठमाडौं : हिरासतमा राखिएका एक व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटा राज्यमा प्रदर्शन भएको छ ।प्रदर्शनका क्रममा मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ ।

लगातारको प्रदर्शनले दोस्रो दिन पनि मिनेसोटा क्षेत्रको अवस्था तनावग्रस्त बनेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको छ ।

श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै घाँटीमा घुँडाले च्यापेको सार्वजनिक भएपछि उक्त प्रकरणमा रंगभेदको मुद्दा मिसिएको छ ।

फ्लोइडको गएको सोमबार निधन भएपछि शिकागो, इलोनाइस, लस एन्जलस, क्यालिफोर्निया र टेनिसीको मेम्फिससहितमा पनि प्रदर्शन भएका छन् ।

हिरासतमा लिइएका उनको निधनपछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । उक्त प्रकरणपछि मिनियापोलस प्रहरी अधिकारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ ।

२०७७ जेष्ठ १६, शुक्रबार १०:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय