काठमाडौं : नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

भारतबाट आउँदा बाटोमै उनको मृत्यु भएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका उनको गत जेठ १० गते मृत्यु भएको थियो । उनको नेपाल फर्कने क्रममा कपिलवस्तुको सीमा क्षेत्रमा मृत्यु भएपछि नमूना संकलन गरेर परिवारले अन्त्यष्टि गरिसकेका छन् ।

यसअघि नेपालमा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको थियो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको थियो ।

२०७७ जेष्ठ १६, शुक्रबार १७:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय