
जनकपुरधाम : बिरामी बोक्न अस्वीकार र आनाकानी गर्ने एम्बुलेन्स खारेजी गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले चेतावनी दिएको छ । एम्बुलेन्सले विरामी बोक्न अस्वीकार गरिरहेको गुनासो आएपछि जिप्रकाले शुक्रबार सूचना जारी गरेर यस्तो चेतावनी दिएको हो।
अहिलेको अवस्थामा कुनै पनि बहानामा बिरामी बोक्न अस्वीकार नगर्न एम्बुलेन्स संचालक संघ/संस्था तथा चालकलाई प्रशासनले भनेको हो। ‘तोकिएको ठाउँमा बिरामी बोकेर जान नचाहने, नजाने वा विभिन्न बहाना बनाएर विरामीलाई अस्पताल लैजान नचाहने एम्बुलेन्सलाई नियन्त्रणमा लिई एम्बुलेन्स खारेजीसम्मको प्रक्रियामा लैजाने गरी कारवाही गरिनेछ,’ प्रशासनले भनेको छ।
