दैलेख : दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आज साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन् ।

क्वारेन्टिनमा रहनुभएका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको जिकिर गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टिनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०७७ जेष्ठ १८, आईतवार २२:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय