काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २८८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा सङ्क्रमण देखिएको हो । आज देखिएको सङ्क्रमण अहिलेसम्मको बढी हो । यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ ।

तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ । एकै दिन ४५ जना डिस्चार्ज आज एकै पटक ४५ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एकजना मकवानपुरका ५४ वर्षीय महिला १०औँ दिनमा डिस्चार्ज भएकी हुन् । यस्तै गुल्मी अस्पतालमा रहेका एक ३१ वर्षीय पुरुष ८आँै दिनमा, भीम अस्पताल बुटवलमा रहेका २५ जना आज एकै दिन डिस्चार्ज भएका छन् ।

तीमध्ये १६ जना रुपन्देहीका ५ देखि ५० वर्ष उमेरका पुरुष तथा कपिलवस्तुका नौजना १९ देखि ३६ वर्ष उमेरका ११आँैदेखि २१आँै दिनमा डिस्चार्ज भएका हुन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ जना डिस्चार्ज भएका छन् । ती झापाका १७ जना १७ देखि ५२ वर्ष उमेर समूहका पुरुष १२ आँैदेखि १४औँ दिनमा तथा सुनसरीका एकजना ५१ वर्षका महिला १२आँै दिनमा डिस्चार्ज भएकी हुन् ।

डिस्चार्ज हुनेमा अहिलेसम्म २६६ जना रहेका छन् । तीमध्ये २१२ पुरुष र ५४ महिला छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण देखिएको छ । ती सबै रौतहटका परोहा नगरपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकाका आठ वर्षका एक बालिका र अरू ३७ जना १३ देखि ६० वर्ष उमेर समूहका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १० जनामा सङ्क्रमण देखिएको छ । ती स्याङजा चापाकोट नगरपालिका र बिरुवा गाउँपालिकाका पाँचजना १० देखि ४० वर्षका उमेर तथा पर्वत फलेवास र महाशिलाका पाँचजना १९ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एकजना सप्तरी रामगढका २० वर्षका पुरुष रहेका छन् । यस्तै भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको छ । बर्दिया गुलरिया नगरपालिका तीनजना २० देखि ३४ वर्ष उमेर समूहका, बाँकेको खजुरा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका १७ जना १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् । यस्तै प्रदेश अस्पताल सुर्खेत÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी र भेरीगङ्गा नगरपालिकाका २७ जनामध्ये ८ वर्षका बालिकादेखि ६० वर्षका तीनजना महिला तथा चार वर्षका बालकदेखि ६१ वर्षका २४ जना पुरुष छन् ।

यस्तै दैलेख नारायण नपा, चामुण्डा विन्द्रासैनी नपा र नौमूले गापाका नौजना १७ देखि ३१ वर्षका पुरुष छन् । सल्यान वनगाड कुपिण्डे नपा र दार्मा गापाका १८ जना १७ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् । अछाम चौरपाटी गापा र मङ्गलसेन नपाका १० मध्ये दुईजना २७ र ३० वर्षका महिला तथा आठजना २२ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा एकजना बारा देवताल गापाका १८ वर्षका पुरुष छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ ।

दाङ बङ्गलाचुली नपा, राप्ती गापा र घोराही नपाका १७ जनामध्ये ११ देखि ४५ वर्ष उमेरका तीन महिला तथा १८ देखि ५५ वर्ष उमेर समूहका १४ जना पुरुष छन् । प्यूठान स्वर्गद्वारी नपाका एकजना ५९ वर्षीय पुरुष रहेका छन् । यस्तै सेती अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । कञ्चनपुर नपा, पुनर्वास नपा र दीपशिला स्कुलमा रहेका क्वारेन्टिनमा आठजना २८ देखि ५० वर्ष उमेरका पुरुष छन् । कैलाली टीकापुर नपा, गौरीगङ्गा गापा र राजीपुर क्वारेन्टिनमा रहेका १० मध्ये १८ वर्षका एक महिला र २० देखि ६३ वर्ष उमेरका नौजना पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा सङ्क्रमण पुष्टि भएको छ । धनुषा हंसपुर नपाका ६ जना १५ देखि ५० वर्ष उमेर समूह, महोत्तरी रामगोपालपुरका दुईजना २४ वर्ष र ४५ वर्षका पुरुष, रौतहट दुर्गाभगवोती, राजपुर फरदावा, गढीमाईका ३६ जनामा पुरुष १२ वर्षदेखि ४८ वर्षका रहेका छन् । सर्लाही वलरा, ब्राम्पुरीका २१ जना पुरुष १३ देखि ४० वर्ष उमेर समूह, सिराहा सूर्यनारायण सत्यनारायण मरवैताका १७ जना पुरुष १६ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् ।

यस्तै भक्तपुर चाँगुनारायाण नपाका एकजना ३० वर्षका महिला छन् । धादिङको हाल परोपकार प्रसूति अस्पताल थापाथलीमा रहेकी एकजना २३ वर्षकी महिला रहेका छन् । यस्तै कपिलवस्तु चन्द्रौटा नपाका १६ जनामध्ये १९ वर्षदेखि २८ वर्षका तीन महिला र १७ देखि ४१ वर्षका १३ जना पुरुष छन् । काठमाडौँ मेडिकल कलेजका चारजनामा पनि सङ्क्रमण देखिएको छ । ती २४ देखि ३२ वर्षका तीन महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् ।

यस्तै नवलपरासी पूर्व बुलिङटार गापाका एकजना १६ वर्षका पुरुष, नवलपरासी पश्चिमका एकजना २२ वर्षका पुरुष, नुवाकोट मेघान गापाका दुईजना १७ वर्ष र ३२ वर्षका दुई तथा रुपन्देही सैनामैना नपा र मायादेवी नपाका १० जना १५ देखि ५१ वर्षसम्मका पुरुष छन् । अहिलेसम्म ७५ हजार ३४३ जनाको पिसिआर र एक लाख १६ हजार ३४५ जनामा आरडिटी परीक्षण गरिएको छ ।

२०७७ जेष्ठ २०, मंगलवार २२:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय