तुलसीपुर : दाङमा खुकरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ६ राजापुर निवासी ४३ वर्षीय कृष्ण सुनार गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज साँझ साढे ५ बजेतिर सोही ठाउँका ३० वर्षीय सन्तोष सुवेदीले खुकुरी प्रहार गर्दा घाइते हुनुभएका सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त सुवेदी भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

२०७७ जेष्ठ २०, मंगलवार २२:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय