
काठमाडौं : कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। प्रदेश २ र कर्णाली प्रदेशमा कोरोना तीव्र गतिमा फैलिएको छ। कर्णालीको दैलेखमा मात्रै बिहीबार १०५ जना नयाँ संक्रमित भेटिएका छन्। बिहीबार मात्रै देशभर ३३४ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार त्यतिका संख्यामा संक्रमित भेटिएका हुन्। यससँगै देशभर संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।