बर्दिबास : विश्व वातावरण दिवस महोत्तरीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।
‘चुरे जोगाउँ, मधेश बचाउँ’ भन्ने मूल नारा सहित केहि दिन पहिला देखि नै डिभिजन वन कार्यालय महोत्तरीले विभिन्न कार्यक्रम गर्दै आएका छन् । कार्यलयको मुख्य उद्देश्य चुरे संरक्षण गर्नु नै हो ।

दिवसका अवसरमा डिभिजन वन कार्यालय महोत्तरी माइस्थानले विभिन्न प्रकारका बोट(विरुवा सर्वसाधारणलाई वितरण गरेका छन् । आज मात्रै वन कार्यलय माइस्थानले करिब दुई हजार बोट-विरुवा वितरण गरेका वन डिभिजका रेन्जर सन्तोष कुमार यादवले बताए । बर्दिबास नगरपालिकाका क्षेत्रका स्थानीयले दुई वर्षीय विरुवा टिक, मोहबनी, महुवा र घास प्रजातिका विरुवा लागेका रेन्जर यादवले बताए ।

चुरे संरक्षण तथा आफ्नो खेत-बारीमा लगाउनको लागि एउटा नागरिकताको फोटोकपीमा ५० वटा बिरुवा निस्शुल्क र ५० वटा विरुवा भन्दा बढी आवस्यकता परेको खण्डमा लालपुर्जाको फोटोकपी पेश गर्नुपर्ने व्यवस्था मिलाएको रेन्जर यादवले बताए ।

यो वर्षमा डिभिजन वन कार्यालय महोत्तरी माइस्थान नर्सरीमा करिव २ लाख ५ हजार बिरुवा रहेका छन् । चुरे संरक्षण गर्नका लागि डिभिजन कार्यलयले निस्शुल्क विरुवा वितरण गर्दै आएको छ ।

यस्तै, जनसहयोगी युवा संजाल बर्दिबासले समेत बर्दिबास स्थित पन्चधुरा माईस्थान मन्दिरको सरसफाइ गरि वृक्षारोपण गरिएका छन् । संजालको अध्यक्ष परमेश्वर महतो अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न प्रकारको बोट-विरुवा रोपी मन्दिरको सौन्दर्यकारण बढाएका छन् ।

२०७७ जेष्ठ २३, शुक्रबार १८:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय