काठमाडौं : वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज खेल्ने १४ सदस्सीय टिम घोषणा गरेको छ । वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा इंग्ल्यान्ड भ्रमण गर्ने टोलीको घोषणा गरेको हो । वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाईमा तीन टेष्ट सिरिज खेल्नेछ ।

टोलीमा कप्तान जासनसहित शाइ होप, अल्जारी जोसेप, जेर्मीने ब्लाकवुड, एनकुर्माह बोनेर, क्रेइग ब्रेथवेट, शम्राह ब्रोक्स, जोन क्याम्पबेल, रोस्टन चेस, राहकिम कोर्नवाल, शान डोरिच, चेमार होल्डर, रेमोन रिफर र केमार रोच रहेका छन् ।

कोरोनाको संक्रमणको डरले शिम्रोन हिटमायर, डरेन ब्राभो र अलराउण्डर किमो पाउलले भने इंग्ल्यान्ड भ्रमण नगर्ने भएका छन् । दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।

दोस्रो टेष्ट ओल्ड ट्राफोर्डमा जुलाई १६ मा तथा तेस्रो टेष्ट खेल जुलाई २४ मा हुनेछ । ती सबै खेल बन्द रंगशालामा हुने बताइएको छ ।

२०७७ जेष्ठ २७, मंगलवार ०६:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय