काठमाडौं : कोपा इटालियाको फाइनलमा युभेन्टस र नापोलीको भेट पक्का भएको छ । शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोली र इन्टर मिलानबीच बराबरी भए पनि समग्रमा २ -१ जीत निकाल्दै नेपोलीले फाइनलमा युभेन्टससँगको भेट पक्का गरेको हो ।

पहिलो लेगमा नापोली १–० ले विजयी भएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखे पनि नापोलीले बलियो रक्षापङ्ति तोड्न असमर्थ बन्दा इन्टर मिलान सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।खेलको दोस्रो मिनेटमा नै क्रिस्टियन इरिक्सनको गोलबाट इन्टर मिलानले अग्रता बनाएको थियो तर ४१औं मिनेटमा ड्रिएस मेर्टिन्सले लारेन्जो इन्सिग्नेको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलमा दुबैतर्फबाट कुनै पनि गोल हुन सकेन र समग्रमा नापोलीले मिलानलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । नापोली र युभेन्टसको उपाधि भिडन्त बुधबार हुनेछ ।

२०७७ जेष्ठ ३२, आईतवार ०८:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय