
एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाँउदै उनको परिवारमा अर्को बज्रपात परेको छ ।
सुशान्तको मृत्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्। मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भएको भारतीय सञ्चार माध्ययमको दाबी छ ।
बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो।
उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् ।