File : Photo

काठमाडौं : कोभिड १९ को सङ्क्रमणबाट ११७ जना निको भई घर फर्किएका छन् । डिस्चार्ज हुनेमा पुरुष १०९ र महिला ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक महिला र ६ पुरुष, वाँकेका विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट २२ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष, कोभिड क्लिनिकल अस्पताल दैलेखबाट २५ जना पुरुष रहेका छन् ।

यस्तै आइसोलेशन सेन्टर मान्मा कालिकोटबाट २४ जना पुरुष, दैलेखका दुल्लस्थित आइसोलेशनबाट दुई जना महिला र पाँच जना पुरुष, दैलेख अस्पतालबाट एक जना पुरुष र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट दुई जना पुरुष डिस्चार्ज भएका छन् ।

देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर र दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार ९ र आइसोलेशनमा ५ हजार ५३१ जना रहेका छन् ।

२०७७ असार २, मंगलवार १९:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय