
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले प्रायः भाषणको मञ्चबाट शिक्षकलाई भौतिक निर्माण काम होस् वा राजनीतिकबाट टाढा रहेर शिक्षा पेशामा समर्पित हुन निर्देशन दिईरहेका हु्न्छन् । तर महोत्तरीको निर्वाचन क्षेत्र नं. १ का अधिकांस भौतिक पूर्वाधार निर्माणको कार्यमा शिक्षकलाई सम्पुणर् जिम्मेवारी दिईएको पाईएको छ ।
शिक्षा मन्त्री पोखरेलको संसदीय बिकास कोषको रकमबाट निर्माणाधिन अधिकांस बिद्यालयमा शिक्षक सम्मिलित निर्माण समिति बनाएर काम गर्न लगाएको पाईएको छ । गौशाला, बर्दिबास सहितका नगरपालिकामा उनको संसदीय बिकासको बजेट रकममा भौतिक पुर्वाधारको जिम्मा शिक्षकलाई दिएर उनले आफुले शिक्षकलाई दिएको निर्देशको आफै अटेर गराउँदैछ ।
महोत्तरी क्षेत्र नं. १ का निर्वाचित सांसद समेत रहेका पोखरेलले शैक्षिक मञ्चमा शिक्षकलाई राजनीतिक, भौतिक पुर्वाधार निर्माण तथा अन्य कार्यमा संलग्न हुनुभन्दा शैक्षिक गतिविधिमा सक्रिय हुन दिशानिर्देश गरेपनि उनकै संसदीय बिकास कोषको रकममा शिक्षकलाई भौतिक पुर्वाधारमा संलग्न गराउनु आश्चर्यजनक भएको महोत्तरी गौशाला नगरपालिकाका स्थानीय विशेश्वर प्रसाद साह बताउँछन् । उनले भने, ‘यदि तपाईले भनेको जस्तो हो भने कुरो एकतिर काम अर्कोतीर गरे जस्तै हुन्छ, मलाई यो सम्बन्धमा थाहा थिएन, तर तपाईलाई भन्दा मलाई आश्चर्यमा पार्यो, माननीय गिरिराज ज्यूले पनि यस्तो गर्नुहुन्छ, मलाई अहिले पनि विश्वास लागिरहेको छैन् ।’
गिरिराजमणि पोखरेल अधिकांस सहभागि कार्यक्रममा उनले शिक्षा मन्त्रालय मातहतका निकाय एवं संघसंस्थाका प्रतिनिधिहरु शिक्षक, प्राध्यापक, जस्ता निकायलाई बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न भनेपनि अहिले उनकै संसदीय बिकासको रकम शिक्षकले चलाउँदा भने उनी मुखदर्शक बनेका छन् । अझ नगरपालिकाले नगरकार्यपालिकाबाट उनले चाहेकै शिक्षकको नाममा खाता सञ्चालन गरी भौतिक पुर्वाधार स्कु्लको निर्माण, जिणर्ोद्धार जस्ता निर्माण धमाधम गराईरहेका छन् ।