
जनकपुरधाम : प्रदेश नं २ को सरकारले शम्भु सदा र वीरेन्द्र यादवको परिवारलाई राहतस्वरुप रु पाँच÷पाँच लाख निर्णय गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले राहत दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले जानकारी दिनुभयो ।
हिरासतमा निधन भएका सदा र भारतबाट आउँदै गर्दा जटही नाकामा मृत्यु भएका यादवको परिवारलाई सो रकम राहतस्वरुप उपलब्ध गराउने निर्णय भएको हो ।