एजेन्सी : अभिनेता सुशान्त सिंह राजपूतको पोस्टमार्टम आइतवार साँझ आएको छ, जसमा झुण्डिएर आत्महत्या गरेको पुष्टि गरिएको छ । चिकित्सकको टिमले उनको भाइटल अर्गन्सको थप जाँचका लागि जेजे अस्पताल उठाएको छ । जहाँ शरीरमा ड्रग्स वा विषादी रहे-नरहेको पत्ता लगाइनेछ । यद्यपि, पोस्टमार्टम रिपोर्टलाई लिएर अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने गरिएको छैन ।

सुशान्तको निधनको खबर कसैलाई विश्वास लागिरहेको छैन । उनको परिवार, साथीसंगीसँगै सिंगो बलिउड दुखी छ । तर, यो कसैलाई थाहा छैन कि उनले आत्महत्या गर्नुको कारण के थियो ? उनले आफ्नै प्राण लिनुको कारण खुल्छ वा खुल्दैन धेरैका लागि चासोको विषय बनेको छ । के भएको थियो सुशान्तको जिन्दगीमा अन्तिम केही घण्टा ? अब हामी यसको जानकारी दिँदैछौं ।

जे पर्दामा देखिन्छ, वास्तविकता त्योभन्दा टाढा पनि हुनसक्छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘छिछोरे’ मा जिन्दगीबाट हार मानेको आफ्नो छोरालाई जीवनको दर्शन सिकाएका सुशान्त सिंह राजपुत स्वयंले यो कुरा भुले कि जिन्दगीमा सबैभन्दा महत्वपूर्ण यदी केही छ भने त्यो जिन्दगी नै हो । कसलाई थाहा थियो र १४ जून उनको जिन्दगीको अन्तिम दिन सावित हुनेछ ।

आइतवार विहान ६ः३० बजे उनी सुतेर उठे । विहान साढे ९ बजे उनले अनारको जुस लिए र आफूलाई कोठामा बन्द गरे । साढे १० बजे कुक सुशान्तसँग लञ्चमा के लिने भनेर सोध्न गए । तर, सुशान्तले ढोका खोलेनन् । कुकु १२ बजे पुनः लञ्चका लागि सोध्न पुगे । तर, दोस्रो पटक पनि सुशान्तले ढोका खोलेनन् । कुकले निकै बेर ढोका ढकढकाउँदा पनि उनले ढोका खोलेनन् ।

करीब साढे १२ बजे सुशान्तकी बहिनीलाई फोन गरियो । सुशान्तले ढोका नखोलेको जानकारी पाएपछि उनी करीब ४० मिनेटमा बान्द्रा पुगिन् । उनले पनि सुशान्तलाई बोलाइन् तर कुनै जवाफ मिलेन । करीब १ः१५ मा चाबी बनाउने मान्छेलाई बोलाएर ढोकाको लक खोलियो । दिउँसो साढे ३ बजे उनलाई बीएमसीको कूपर अस्पताल लगियो, जहाँ ४ बजे उनलाई मृत घोषणा गरिएको थियो ।

२०७७ असार ४, बिहीबार ०९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय