काठमाडौं : नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छिन् । आज राष्ट्रियसभाबाट सर्वसम्मतले विधयेक पारित भएर प्रतिनिधिसभामा पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए । लगत्तै राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् ।

विधयेक प्रमाणिकरणसँगै नयाँ नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी औपचारिक रुपमा समेटिएको छ । यसअघि राष्ट्रियसभामा विधयेकको पक्षमा ५७ र विपक्षमा सुन्य मत परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधयेक पारित भएको घोषणा गरेका थिए ।

नयाँ नक्शासम्बन्धी संविधान संशोधन प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभा पठाइएको थियो ।

२०७७ असार ४, बिहीबार २०:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय