काठमाडौँ । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सभाको बैठक अवरुद्ध गरेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित सङ्कल्प प्रस्ताव दर्ता गर्दा पनि त्यसलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले बैठकको अवरुद्ध गरेको हो । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाउनुभएको थियो ।

बिभिन्न आरोप लगाउँदै गैर प्रजातान्त्रिक ढङ्गले बैठक सञ्चालन नगर्न सभामुखले अनुरोध गर्नुभएको थियो । प्रतिपक्षी दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले सिङ्गो कर्णाली प्रदेश कोरोनाले थिलोथिलो भएको विषयलाई लिएर ध्यानाकषर्ण गरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दा त्यसलाई हटाइन्छ र मतलब गरिन्न भने बैठक सञ्चालन हुन नदिने चेतावनी दिनुभयो ।

सभामुख राजबहादुर शाहीले प्रतिपक्षी दलका सबै प्रस्तावक सभा सदस्यको विषयले ध्यानाकर्षण भएको बताए पनि निर्वाध रुपमा सभा अवरुद्ध गरेपछि उहाँले शनिबार दिउँसो ३ः०० बजेसम्मका लागि बैठक स्थगन भएको सूचना गर्नुभयो ।

२०७७ असार ५, शुक्रबार २०:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय