काठमाडौं । लकडाउनको समयमा लुकिछिपी बसेका दुई जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी सम्बन्धी मुद्दामा अघिल्लो वर्ष ३ असारदेखि फरार रहेका राजन महर्जन र चोरी एवं लागूऔषध मुद्दाका फरार रोमन महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीका अनुसार राजनलाई वसन्तपुर र रोमनलाई बलम्बुबाट पक्राउ गरिएको हो ।

‘राजन वारदात मितिबाटै फरार थिए भने रोमनलार्य काठमाडौं जिल्ला अदालतले एक महिना १६ दिन कैद र १४ हजार जरिवाना हुने ठहर गरेको थियो’, केसीले भने, ‘दुवै जनालाई जिल्ला अदालत उपस्थित गराइएको थियो र आदेशानुसार पुर्पक्षका लागि थुनामा पठाइएको छ ।’

२०७७ असार ९, मंगलवार ०७:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय