कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ९२ लाख ३७ हजार ६९१ संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ४ लाख ७६ हजार ९११ जनाको मृत्यु भएको छ।
त्यस्तै ४६ लाख १३ हजार ४२५ निको भइसकेका छन्।
कोरोनाबाट अमेरिका सबभदा आक्रान्त बनेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म अमेरिकामा २३ लाख ४५ हजार ८ सय ५४ संक्रमित भइसकेका छन्। जसमध्ये १ लाख २१ हजार २१७ को ज्यान गएको छ। त्यस्तै १० लाख २० हजार ३ सय ८१ जना निको भएका छन्।
यसैगरी ब्राजिलमा ११ लाख ४५ हजार ९ सय ६ जना संक्रमित भेटिसकेका छन्। जसमध्ये ६ लाख १३ हजार ३ सय ४५ जना निको भएका छन् भने ५२ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ।
सबभन्दा बढी संक्रमित भएको मुलुकको तेस्रो स्थानमा रहेको रुसमा हालसम्म ५ लाख ९८ हजार ८ सय ७८ जना संक्रमित भेटिएका छन्। जसमध्ये ८ हजार ३ सय ४९ जनाले ज्यान गुमाएका छन् भने ३ लाख ५५ हजार ८ सय ४७ जना निको भएका छन्।
त्यस्तै भारतमा ४ लाख ४० हजार २ सय १५ जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये २ लाख ४८ हजार १ सय ९० जना निको भएका छन्। त्यस्तै १४ हजार ११ जनाको मृत्यु भएको छ।
कोरोनाबाट बढी आक्रान्त भएका दस देशको सूची
अमेरिका
संक्रमित: ३२,४५,८५४
मृत्यु: १,२१,२१७
निको: ६,४७,५४८
ब्राजिल
संक्रमित: ११,४५,९०६
मृत्यु: ५२,६४५
निको: ६,२७,९६३
रुस
संक्रमित: ५,९८,८७८
मृत्यु: ८,३४९
निको: ३,५५,८४७
भारत
संक्रमित: ४,४०,२१५
मृत्यु: १४,०११
निको: २,४८,१९०
बेलायत
संक्रमित: ३,०७,६८२
मृत्यु: ४३,०११
निको: १,३३०
पेरु
संक्रमित: २,६०,८१०
मृत्यु: ८,४०४
निको: १,४८,४३७
चिली
संक्रमित: २,५०,७६७
मृत्यु: ४,५०५
निको: २,१०,५७०
स्पेन
संक्रमित: २,७६,७५२
मृत्यु: २८,३२५
निको: १,५०,३७६
इटाली
संक्रमित: २,३८,८३३
मृत्यु: ३४,६७५
निको: १,८४,५८५
इरान
संक्रमित: २,०९,९७०
मृत्यु: ९,८६३
निको: १,६९,१६०