
काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ११ हजार नाघेको छ । आज कुल ४ सय ३४ संक्रमित थपिएपछि कुल संख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज संक्रमित मध्ये ३८६ पुरुष र ४८ महिला छन् । कुल संक्रमितमध्ये पुरुष १० हजार २० र महिला ११ सय ४२ छन् । हालसम्म रसुवाबाहेक देशका ७६ जिल्लामा संक्रमण भेटिएको छ ।
यसैगरी, हिजो एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । स्याङ्जाका संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।