
धनुषा : धनुषामा कटुवा पेस्तोल सहित एकजना पक्राउ परेका छ्न।
जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१९ बाउन बिगहा स्थितमा ऐ. जनकनन्दनि गाउँपालिका-१ घर भइ हाल ऐ. जनकपुर उप-महानगरपालिका-१ बसोबास गरि बस्ने रामदेव सहनिको छोरा १७ वर्षीय श्याम सहनीले प्रदेश २-०२-००१ प ३९१४ नम्बरको मोटरसाईकलमा सवार भई कटुवा पेस्तोल थान-१ बेच्न आउने क्रममा बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र यस २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरिएको छ।
पक्राउ परेका सहनी लाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।