
काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या १२ हजार नाघेको जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा १२० महिला र ४३४ पुरुष छन् ।
कुल १० हजार ९ सय ४० पुरुष र १३ सय ७० महिला संक्रमित भएका छन् ।