बर्दिबास : महोत्तरीको गौशाला नगरपालिका-१ स्थित रामनगरमा किशोरी तथा महिलाहरुका लागि १ दिने सेनेटरी प्याड बनाउने नि:शुल्क तालिम शनिबार सम्पन्न भएको छ ।

महोत्तरी युवा संजालको सहकार्य तथा रामनगर युवा संजालको अयोजनामा एकदिने महिनाबारी बारे जनचेतना मुलक तथा सेनेट्री प्याड बनाउने तालिम सम्पन्न भएको छ । रामनगर स्थित श्री राष्टिय निम्न आधारभुत बिधालय बान्टोलमा भएको उक्त कार्यक्रममा ८५ जना किशोरी तथा ४३ जना महिला गरि जम्मा १२८ जनाको सहभागी रहेको थियो ।

रामनगर युवा संजालका अध्यक्ष संजय सिंह कुशवाहाको अध्यक्षता तथा गौशाला नगरपालिका-१ का अध्यक्ष भिम बहादुर राणा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमख अतिथि मगरले सेनेटरी प्याडबारे जानकारी नहुँदा किशोरीहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु आउने गरेको र यसले गर्दा विभिन्ंन रोगहरुको सक्रमण हुने गरेको हुदा यस तालिमले किशोरीहरुको ब्यक्तित्व विकासको लागी महत्वपुर्ण भुमिका खेलने बताउनुभयो ।

किशोरीहरुलाई लक्षित गरि यस किसिमको तालिमहरु सञ्चालन गर्दा आफुहरुको नेतृत्व विकास संग संगै विभिन्न सिपमुलक कुराहरु पनि जानकारी हुदै गएको बताउदै आगमी दिनहरुमा पनि शिकशोरीहरुका लागी यस किसिमको तालिम सञ्चालन गर्ने संजालका अध्यक्ष कुशवाहाले बताए । तलिममा सहभागी भएका सम्पुर्णले लकडाउनको पुर्ण पालना गरेर तालिम संचालन गरेको नेपालवाणीलाई उहाँले जानकारी दिए ।

महिलाहरुलाई महिनावारी हुँदा धेरै महिलाहरुले प्याड प्रयोग नगर्ने तथा प्याडको अभाव भएपछि अस्वस्थकर हुन् नदिन समुदायका महिलाहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको तालिमका प्रमुक प्रशिक्षक सुजता सुमनले बताइन् । फलस्वरुप महिनावारी र प्रजनन स्वास्थ्यका विषयमा किशोरीहरुलाई सचेत गराउन, महिनावारी हुँदा के गर्ने के नगर्ने, प्याडको प्रयोग कसरी गर्ने, विसर्जन कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएको प्रशिक्षकसुमनले बताइन् ।

२०७७ असार १३, शनिबार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय