काठमाडौं : कोरोना भाइरसका कारण तीन महिनादेखि फिल्म क्षेत्र ठप्प छ । फिल्म निर्माण नहुँदा व्यस्त कलाकारहरु पनि फुर्सदिला भएका छन् । लकडाउनअघि फिल्म वा म्यूजिक भिडियोको छायांकनका कारण विरलै परिवारसँग समय विताउन पाएका उनीहरु अब घरभित्रै बसेर छट्पटिन थालेका छन् । कहिले स्थिति सामान्य होला र काममा फर्किन पाइन्छ भनेर प्रतिक्षा गरेर बसेका छन् ।

अभिनेत्री प्रियंका कार्कीलाई लकडाउनअघि भ्याइनभ्याइ थियो । फिल्म र म्यूजिक भिडियोको छायांकनका कारण उनले विरलै फुर्सदको सास फेर्थिन् । देश तथा विदेशमा हुने कार्यक्रममा पनि उनको दौडधुप राम्रै थियो । तर, कोरोनाले सबै चौपट पारेको छ । लकडाउन भएदेखि उनी घरभित्रै सीमित छिन् । यो समय उनले भान्सामा विभिन्न परिकार बनाएर सदुपयोग गरिरहेकी छन् ।

लकडाउन हुनुभन्दा महिना दिन अगाडि उनले आयुष्मान देशराज जोशीसँग विवाह गरेकी थिइन् । लकडाउनले उनीहरु हनिमुनमा समेत निस्कन पाएका छैनन् । जीवनमा पहिलो पटक यति लामो समय घरमा बस्नु पर्दा उकुसमुकुस भएकी उनलाई यतिबेला फिल्मको सुटिङमा विताएका पलहरु याद आउन थालेको छ । उनले इन्स्टाग्राममा पोस्ट्याएका तस्विरले पनि यो बयान गर्छ ।

२०७७ असार १६, मंगलवार २२:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय