काठमाडौं : बुधबार देशभर ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना छन्।

नेपालमा हालसम्म एक हजार ७ सय ७४ महिला र १२ हजार २७२ जना पुरुष गरी १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२०७७ असार १७, बुधबार १६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय