काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ। पार्टीभित्रको विवाद चुलिँदै गएपछि स्थायी कमिटीबो बैठक भोलि विहान बस्नेगरि यसअघि नै स्थगित् गरिएको छ।

यो बीचमा अध्यक्षद्धयबीच सहमतिको प्रयास जारी छ । दाहाल-नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । तर, ओलीले दुवै पदबाट आफूले राजीनामा नदिने अडान लिएका छन् ।

अध्यक्ष दाहालले आफ्ना समूहका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसँग विहानै छलफल गरेका थिए । आफ्नो समूहमा छलफलपछि दाहाल बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा दुई अध्यक्ष आज एक्लाएक्लै वार्तामा रहेको एक नेताले जानकारी दिए ।

२०७७ असार २३, मंगलवार १३:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय