
बर्दिबास : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बुधबार महोत्तरीमा पनि बिशाल र्याली निकालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले उनको पक्षमा र्याली निकालिएको हो । र्यालीमा ‘ जनताको साथ ओलीलाई, आज मात्र होइन भोलीलाई, ५ वर्ष ओलीलाई, ’ लगायतका नारा लगाइएको थियो ।
केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादलाई बन्द गरी पाँच वर्षका लागि ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने नाराहरु र्यालीमा लगाइएको थियो।
र्याली जिल्लाको जलेश्वर, गौशला, औरही, सम्सि, बर्दिवास लगायतका ठाउँमा निकालेको थियो ।
हेर्नुहोस् केहि दृश्य :





