File Photo

ओखलढुंगा : ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान साढे ४ बजेतिर काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।

२०७७ असार २५, बिहीबार १०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय