
जनकपुरधाम : जनकपुरमा राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिहलाई सम्मान गरिएकाे छ । प्रशिक्षक पदबाट अवकास पाएपछि सिंगलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेकाे हाे ।
क्रिकेट संघले शनिबार जनकपुरमा आयाेजना गरेकाे सम्मान कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अवकास प्राप्त प्रशिक्षक सिहलाई कदर पत्र र दाेसल्ला ओढाएर सम्मान गरेकाे हाे ।
जनकपुरमा क्रिकेटलाई जिवन्त बनाउन अहाेरात्र सेवा गरेकाे र अवकास पछि पनि क्रिकेटमा लाग्नका लागि हाैशला बढाउन सम्मान गरिएकाे क्रिकेट संघका उपाध्यक्ष शाेभाकान्त पाण्डेले बताए ।
प्रशिक्षक सम्मान कार्यक्रममा मन्त्री यादवले समय अनुकुल खेलकुदकाे व्यवस्थापन नहुदा राष्ट्रिय खेलकुदमा जनकपुरकाे प्रभाव घटेकाे बताए ।
मुलुकमा भ्रष्टाचार घटनउन पनि खेलकुदकाे विकास अावश्यक रहेकाे मन्त्री यादवले बताए ।
क्रिकेट संघले आयाेजना गरेकाे सम्मान कार्यक्रममा जनकपुरकाे दर्जन भन्दा बढी संघ संस्थाले प्रशिक्षककाे कार्यकाे प्रशंसा गर्दै सम्मान गरेका थिए ।