
काठमाडौं : सुनको मूल्य फेरि बढेको छ । मूल्य बढेसँगै नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो ।
आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार ९१ हजार ७ सय ६० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ । मंगलबार चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।