
जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारन मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवार लाई पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।
शहिदनगर नपा ९ गोठ कोयलपुर स्थित यादबको घर पुग्नु भएका मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नु हुँदै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गरएको बताउनु भयो ।
उक्त अवसर मा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा सहित को उपस्थिति रहेको थियो ।

