
काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलएको हो ।
गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ । शुक्रबार डाँकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ ।
प्रचार विभाग उपप्रमुख थापाले सचिवालय बैंठक अघि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने बताउनुभयो ।