
काठमाडौँ : आजका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरु छलफलमा रहनुभएकाले बैठक सर्दै आएको छ । नेकपा केन्द्रीय कार्यालयले आज विज्ञप्ति जारी गरी बैठक मङ्गलबार सरेको जानकारी दिएको हो ।