
काठमाडौं : यातायात व्यवसायी भोलिदेखि सार्वजनिक यातायात सञ्चालनका लागि तयार भएका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आज विज्ञप्तिमार्फत् यातायात सञ्चालन गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष होमनाथ अधिकारीले महासंघका विभिन्न ७ सूत्रीय मागमध्ये आशिंक रुपमा नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमार्फत् पुरा हुने भएकाले यातायात सुचारु गर्न भनेका हुन् । उनले यात्रु मजदुरहरुलाई समेत ध्यानमा राखी सामाजिक दुरि कायम गरी मजदुरहरुको स्वास्थ्य बिमाको व्यवस्था सहित ५ साउनबाट यातायात संचालन गर्न सुचना जारी गरेका हुन् ।
११ चेत्रबाट गरिएको लकडाउन ७ साउनसम्म रहेकोमा सरकारले यसअघि नै सार्वजनिक यातायात सञ्चालन अनुमति दिइसकेको थियो । तर, व्यवसायीले यथास्थितिमा यातायात सञ्चालन असम्भव रहेको भन्दै अस्वीकार गरेका थिए । उनीहरुले विभिन्न माग राखी यातायात सञ्चालन गर्न मानेका थिएनन् ।
