
काठमाडौं : आज २०७७ श्रावण महिनाको पहिलो सोमबारे औंसी व्रत काठमाडौंको विभिन्न हिन्दु धार्मिक तीर्थस्थलहरुमा पशुपतिनाथ, भद्रकाली, महाङ्काल, संकटा, हनुमान ढोकास्थित सानो पशुपति मन्दिरमा भक्तजनहरुको ठूलो भीड लागेको छ । कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्षको तुलनामा भक्तजनहरुको भीड निकै कम रहेको छ ।
कोरोना संक्रमणको महामारी सुरु भएसँगै बन्द भएको पशुपतिनाथको मन्दिर आगामी सोमबारबाट खुल्ने भएको छ । मन्दिर खुलेसँगै सर्वसाधारणले पूजा गर्न पाउनेछन् । सरकारले निर्णय गरेको अवस्थामा दर्शनार्थीका लागि मन्दिर खुला गर्ने सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले बताए । साउनको सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको थियो । तर, यो पटक लकडाउनका कारण व्रतालुले आज पशुपतिनाथ गएर पूजा गर्न पाएनन् ।
गत आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्दिर खुला गर्ने तयारी थाल्न कोषलाई निर्देशन दिएका थिए । स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर पूजा गर्ने व्यवस्थाको तयारी गर्न उनले निर्देशन दिएका थिए । कोरोना संक्रमणको जोखिमका कारण चैत १० गतेबाट मन्दिरमा पूजा गर्न प्रतिबन्ध लगाइएको थियो । यसैबीच मन्दिर नखुलेपछि सर्वसाधारणले मन्दिरको मुल ढोकामै पूजा गरेका छन् ।






तस्विर : मुकुन्द कालिकोटे/काठमाडौं