काठमाडौं : लकडाउन खुलेसँगै बजारमा चहल पहल बढेको छ । चार महिनासम्म घर भित्र बस्न बाध्य उपभोक्ताको अहिले बजारमा निकै भीड लाग्न थालेको छ । तर मालसामानको विक्रि भने उत्साहजनक नरहेको व्यवसायीहरु बताउछन् ।

त्यसमा पनि कतिपय वस्तुमा भएको मुल्य बृद्धि र उपभोक्ताको आवागमन कम हुनाले गर्दा पनि किनमेल कम भएको अनुमान छ । लामो दुरीका सवारी साधन संचालन हुन नसकेका कारण पनि अझै कतिपय मानिसहरु शहर फर्कन नपाएकाले पनि व्यवसायीक गतिविधि बढ्न नसकेको अनुमान व्यवसायीको छ ।

पछिल्लो समय मुलुक बाढी पहिरोको चपेटामा परेका कारण देखाउदै तरकारी लगायतका खाद्यान्नको मूल्य बृद्धि हुदा उपभोक्ता मारमा परेका छन् ।यसमा अनुगमनकारी निकायको उपस्थिति कमजोर हुदा बिचौलियाले अझ उपभोक्ता ठग्ने मौका पाएको उपभोक्तकर्मीको आरोप छ ।

यो समयमा कतिपय भ्याट हटेका वस्तुमा पनि मूल्य बृद्धि भएको छ ।उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बजारमा अत्यधिक मुल्य बढ्दा समेत नियमनकारी निकाय मौन बसेको बताउनुहुन्छ ।लामो समय लकडाउनका कारण तरकारी, खाद्यान्न तथा लत्ताकपडामा ५ देखी १५ प्रतिशतसम्म मुल्य बढेको तिमल्सिनाको भनाई छ ।

यता उपभोक्ता पनि बजारमा खाद्य लगायतका सामग्रीको मुल्य बढेको गुनासो गर्छन् । लकडाउन यता बजारमा आपूर्ति निरन्तर भईरहँदा पनि गेडागुडी, फलफुल, खाद्यान्न लगायतमा मुल्य बढिरहेको उपभोक्ताहरुको गुनासो छ ।

२०७७ श्रावण ८, बिहीबार २०:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय