
जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट धनुषामा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रणबाट मृत्यु भएको जनाइएको छ ।
उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरधाम श्रोतले जनाएको छ । मृत्यु भएको सो पुरुषमा ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिएको बताईएको छ ।
सो लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । कडा प्रकृतिको कोरोनाको लक्षण उनमा देखिएपछि जनकपुरधाममा उपचार सम्भव भएको थिएन ।
उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । file : Photo