काठमाडौं : नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बझाङ बुंगलका एक ६५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।

यसअघि सोमबार तीन जनाको कोरोनाले मृत्यु भएको थियो । वीरगञ्जको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएका एकजना ६५ वर्षीय भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो।

२०७७ श्रावण १३, मंगलवार १६:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय