काठमाडौं : नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

५ हजार ३६० सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । लकडाउन अघिको ८ दिनमा जम्मा ३.० प्रतिशत र लकडाउन अन्त्य भइसकेपछिको ८ दिनमा ३.७ प्रतिशतमा कोरोना संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

२०७७ श्रावण १४, बुधबार १६:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय