File:Photo

काठमाडौं : मुस्लिम समुदायले आज इद उल (बकर इद्) पर्व मनाउँदैछन्। यो पर्वलाई इद उल अज्हा अथवा इदुल जोहा पनि भनिन्छ। इदमा मुस्लिम समुदाय मस्जिदमा भेला भएर सामूहिक रुपमा नवाज पढ्ने गर्छन्। तर, यस वर्ष कोरोना भाइरस संक्रमणको कारण मुस्लिम समुदायले घरमै बसेर यो पर्व मनाउँदै छन्।

कोरोना संक्रमणको जोखिम उच्च भएकाले विभिन्न मुस्लिम संघसंस्थाले सामूहिक रुपमा भेला नहुन अपिल गरेका छन्। इदमा पशुबली दिने परंपरा छ। हलाल गरेको मासु आफन्त, साथीभाइ र गरिबलाई बाँडेर खाने गरिन्छ। खसी, बोका, राँगा, भैँसी, भेडा लगायतका पशु बली दिने परंपरा छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सन्देश जारी गर्दै बकर इद् (ईदुल जोहा) पर्वको शुभकामना दिएका छन्। सन्देशमा ईस्लाम धर्माबलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिएको छ।

२०७७ श्रावण १७, शनिबार ०९:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय