काठमाडौं : नेपालमा शनिबार थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार १३८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।

२५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने डा. जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ श्रावण १७, शनिबार १६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय